KhabarSanchar

च्याम्पियन्स लिगको फाइनल पोर्चुगलमा हुने

 



३१ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको फाइनल पोर्चुगलमा हुने भएको छ । यही मे २९ मा तय भएको दुई इङ्लिस क्लब चेल्सी र म्यानचेष्टर सिटीबीचको खेल टर्कीबाट पोर्चुगल सारिएको हो ।


यसअघि फाइनल टर्कीको स्तानबुलस्थित अटाटुर्क ओलम्पिक स्टेडियममा हुने तय भएको थियो । तर कोरोना भाइरस संक्रमणका कारण उक्त खेल पोर्चुगलको पोर्टोमा सारिएको युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले जनाएको छ ।


 
फाइनल खेल अब पोर्टोस्थित स्टाडिओ डो ड्रागाओमा खेलाइनेछ । जहाँ दुवै टिमका ६६ हजार गरी कुल १२ हजार दर्शकलाई प्रवेश अनुमति दिने पनि युईएफएले जनाएको छ । पोर्चुगल फुटबल संघ र अन्य सम्बन्धित निकायहरुको प्रस्तावपछि खेल स्थान सारिएको बताइएको छ ।


पोर्चुगल इङ्ल्याण्डको ग्रीनलिस्टमा रहेकाले त्यहाँ खेलाडी र दर्शकहरुले क्वारेन्टिन बस्नुपर्ने छैन । टर्की भने इङ्ल्याण्डको रेड लिस्टमा रहेको छ ।
यसअघि युईएफए र बेलायती सरकारी अधिकारीसँगै फुटबल संघले लण्डनको वेम्लीमा फाइनल खेलाउन छलफल गरेपनि सहमतिमा पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post