KhabarSanchar

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई कोरियाबाट साढे चार लाख सहयोग

 



काठमाडौं । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि दक्षिण कोरियामा रहेका नेपालिहरुले रु चार लाख ५२ हजार ६३० सहयोग गरेका छन् ।


यहाँ रहेका नेपालीहरूबाट एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाईभन्ने सहयोग अभियान सञ्चालन गरी पहिलो चरणमा सङ्कलित उक्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान गरिएको हो ।


उक्त रकम कोरियामा रहेका १०७ नेपालीको सहभागितामा जम्मा भएको थियो । रकम फाउन्डेसनको खातामा प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेशनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको छ ।
 


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post