KhabarSanchar

कोरोना संक्रमित भएका कलाकर्मी को को निको भए को को जुध्दै छन् संक्रमणसंग

 


८ जेठ । कोरोना भाइरस (कोभिड१९)को दोस्रो लहर आएसंगै संक्रमितको संख्या ह्वात्तै बढेको छ । नेपाली कलाकारहरु पनि कोरोना संक्रमणको चपेटामा परिरहेका छन् । पहिलो लहरमा एक दर्जन बढी कलाकारहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


कोरोना भाइरसको दोस्रो लहर आएसँगै त्यो भन्दा धेरै कलाकारहरु संक्रमित भएका छन् । संक्रमितमध्ये केही कलाकारहरु निको भइसकेका छन् भने केही कलाकारहरु अझै कोरोना संक्रमणसँग जुधिरहेका छन् ।
दोस्रो लहरमा अभिनेत्री केकी अधिकारी कोरोना संक्रमित भइन् । केकीलाई बैशाख पहिलो साता कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण भएपछि केकी होम आइसोलेसनमा बसेकी थिइन् । उनी संक्रमण पुष्टि भएको छोटो समय अर्थात तीन दिनमै संक्रमणमुक्त भएकी थिइन् ।


वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँचै सदस्यमा वैशाख ६ गते कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि उनको परिवार होम आईसोलेसनमा बसेका थियो ।


तर, स्वास्थ्यमा समस्या देखिएपछि मदनकृष्ण दुई पटक अस्पताल भर्ना हुनुपर्यो । दोस्रोपटक अस्पताल भर्ना भएका मदनकृष्ण अहिले भने अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका छन् । उनी चार दिनअघि मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको उनका छोरा यमनले अनलाईनखबरलाई जानकारी दिए । अहिले मदनकृष्णको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।


डिस्चार्ज हुँदासम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आईसकेको थिएन्यमनले भने, ‘यद्यपी संक्रमण भएको एक महिना भईसकेकाले परिवारका सदस्यसँग बस्दा समस्या नहुने चिकित्सकले बताएपछि घर ल्याएका हौं ।अहिले मदनकृष्णलाई खाना राम्ररी रुचेको यमनले बताए । मदनकृष्ण घरमा हिँडड्ुल एवं व्यायामहरु गर्ने गरेका छन् । कमजोरी भने धेरै महसुस गर्ने गरेको यमनले बताए ।


संक्रमण पुष्टि भएपछि मदनकृष्ण पहिलोपटक बैशाख १० गते मेडिसिटी अस्पताल भर्ना भएका थिए । एक साताको अस्पताल बसाईपछि बैशाख १७ गते अस्पतालबाट घर फर्किएका मदनले कोरोना लागिसकेपछि सास्ती हुने भन्दै यसलाई खेलाँची नगर्न आग्रह गरेका थिए । तर, त्यसको केही दिनमा श्वासप्रश्वासमा समस्या देखिएपछि मदनकृष्ण पुनः अस्पताल भर्ना भएका थिए । परिवारका अन्य सदस्य भने पहिले नै निको भईसकेका छन् ।


गायक तथा अभिनेता प्रकाश सपूत कोरोनाबाट संक्रमित भए । उनमा बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बसेका प्रकाशले एक सातामा कोरोनालाई जितेका थिए ।


प्रकाशलाई कोरोना संक्रमण पुष्टि भएको केही दिनमै उनका भाई कलाकार देबेन्द्र बब्लुमा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी पनि होम आइसोलेसनमा बसेका थिए । केही दिनमा उनको दोस्रो रिपोर्ट नेगेटिभ आएको थियो ।


अभिनेत्री शिल्पा मास्के पनि कोरोना पोजेटिभ भएकी थिएन् । बैशाखको तेस्रो साता उनमा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन् । अहिले उनी कोरोना संक्रमणमुक्त भईसकेकी छिन् ।


लोकदोहोरी गायक राजु ढकाल बैशाख तेस्रो साता दोस्रो पटक कोरोना संक्रमित भए । गतवर्ष संक्रमित भएका उनी यसवर्ष पनि संक्रमित भए । संक्रमण पुष्टि भएपछि उनी होम आईसोलेसनमा बसेका थिए । अहिले उनी संक्रमणमुक्त भईसकेका छन् ।


निर्देशक ऋषी लामिछाने, उनकी श्रीमती कलाकार सरिता लामिछानेसहित छोरी पनि कोरोना संक्रमित बन्न पुगे । उनीहरुमा दुई साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनीहरु होम आइसोलेसनमा बसेका थिए । तर, निर्देशक ऋषीलाई स्वास्थ्यमा थप समस्या देखिएपछि एक साता अगाडि ग्राण्डी अस्पताल भर्ना गर्नुपरेको थियो । अहिले उनीहरु संक्रमणमुक्त भईसकेका छन् । सरिताले बिहीबार संक्रमण पुष्टि भएको १६ दिनपछि आफूहरु संक्रमणमुक्त भएको बताएकी छिन् ।


हास्य टेलिसिरियल सक्किगोनिका श्रृङ्खला निर्देशक एवं कलाकार दीपक आचार्यलाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भयो । संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका आचार्यलाई एक सातापछि स्वास्थ्यमा थप समस्या देखियो । त्यसपछि उनी अस्पताल भर्ना भए । ९ दिनको अस्पताल बसाईपछि उनी केही दिनअघि मात्रै घर फर्किएका छन् । कोरोना रिपोर्ट नेगेटिभ आइनसकेको भएपनि अहिले स्वास्थ्य सुधार रहेको उनले बताएका छन् ।


त्यस्तै, कलाकार कमलमणी नेपाल पनि कोरोना संक्रमणबाट अछुतो रहेनन् । उनमा दुई साताअघि कोरोना संक्रमण पुष्टि भएको हो । उनीसँगै उनको श्रीमतीमा पनि संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा स्वास्थ्यलाभ लिईरहेका छन् । संक्रमण देखिएको केही दिन निकै गाह्रो बनाएपछि अहिले स्वास्थ्य अवस्था सुधार रहेको उनले बताए । उनले आउँदो आइतबार पुनः पीसीआर परीक्षण गर्ने बताए ।


हास्य कलाकार शिवहरी पौडेलमा बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएपछि उनी नैकापस्थित एपिएफ अस्पतालमा उपचाररत छन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको कलाकार किरण केसीले जानकारी दिए । उहाँलाई सामान्य बेडमा अक्सिजन दिएर राखिएको हो । तर बाहिर आएजस्तो भेन्टिलेटरमा राखिएको होइान् ।किरणले भने, ‘अहिले स्वास्थ्य अवस्था ठिक छ । दुई÷तीन दिनमै डिस्चार्ज हुनुहुन्छ होला ।


अर्का हास्य कलाकार रवी डंगोल पनि कोरोना संक्रमित बन्न भए । उनमा वैशाखको तेस्रो साता संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी हस्पताल नै भर्ना हुनुपरेको थियो । उनी ललितपुरको निदान अस्पतालमा भर्ना भएका थिए । ९ दिनको अस्पताल बसाईपछि यसै साता घर फर्किएका रवी अझै निको भईसकेका छैनन् ।


अभिनेत्री वर्षा राउत पनि कोरोना संक्रमित भइन् । दुई साता अघि संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेकी छिन् । अहिलेसम्म उनको कोरोना रिपोर्ट नेगेटिभ आईसकेको छैन् । वर्षाले गन्ध र स्वाद थाहा पाउन छाडेपछि परीक्षण गराएकी थिइन् । संक्रमण भएपछि अन्य समस्याहरु आफूमा नदेखिएको तथा अहिले गन्ध र स्वाद पनि फर्किसकेको वर्षाले बताइन् ।


यस्तै चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का पनि कोरोना संक्रमित छन् । दुई साताअघि संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा छन् ।
निर्माता, वितरक तथा प्रदर्शक नरेन्द्र महर्जनमा बैशाखको दोस्रो साता कोरोना पुष्टि भएको थियो । संक्रमित भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनी ठिक भएर घर फर्किसकेका छन् ।


केही कलाकर्मीहरुको भने कोरोना संक्रमणकै कारण निधन भयो । कोरोना संक्रमित भएका नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको उपचारका क्रममा बैशाख २ गते छाउनीस्थित आर्मी अस्पतालमा निधन भयो ।


अभिनेता भुवन केसीले निर्देशन गर्ने भनिएको चलचित्र माइतिघर २निर्देशक सुवोध चोपडाको कोरोना संक्रमणकै कारण मुम्बईमा निधन भयो । यता नायिका श्वेता भट्टराईका श्रीमान मिलन सापकोटाले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनुपर्यो ।


कलाकार एवं साहित्यकार शोभा केसीको पनि कोरोना संक्रमणका कारण निधन भयो । केही गीतहरुमा स्वर दिएकी, केही टेलिसिरियलमा काम गरेकी शोभाको अघिल्लो साता निधन भएको हो ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post