१९ वैशाख, काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको
प्रभावका कारण आइतबार बिहानैदेखि काठमाडौं उपत्यका एवं पूर्वी नेपालको १ नं
प्रदेशमा मौसम बदली भएको छ ।
मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान
महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश
नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने अनुमान गरिएको
छ ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा
अहिले देखिएको प्रि–मनसुनको अवस्था मंगलबारसम्म लम्बिने अनुमान गरिएको छ । देशभर पहाडी
भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ ।
वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मंगलबारसम्म नै साँझपख
मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
आइतबार बिहानको हल्का वर्ष ९ बजेसम्ममा रोकिने र दिउँसो र साँझ फेरि
सामान्य बदली भई देशका पहाडी भूभाग र प्रदेश नं १ को सबै जिल्लामा हावाहुरी सहित
सामान्य वर्षा हुने सम्भावना रहेको श्रेष्ठले जानकारी दिए ।
विभागका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १,
२ र वागमती प्रदेश
लगायतका पहाडी भू–भागमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको
छ ।
देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र
वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा
मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ ।
त्यस्तै, मंगलबार भने प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य
प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना
रहेको श्रेष्ठले जानकारी दिए ।
Post a Comment