KhabarSanchar

नायीका वर्षा राउत लाई कोरोना संक्रमण

 




नायिका वर्षा राउतलाई कोरोना पोजिटिभ देखिएको छ । नायिका राउतले सामाजिक संजालबाट नै यो कुराको जानकारी दिएकी छिन् । उनले, आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन् । आफू ठिक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छिन् ।


वर्षाले चाडै नै ठिक भएर काममा फर्किने अपेक्षा समेत गरेकी छिन् । उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् । कोरोना महामारीको दोश्रो लहरले नेपाली चलचित्रका कलाकारलाई पनि छोएको छ ।


नायिका केकी अधिकारी कोरोना मुक्त भैसकेकी छिन् भने कलाकारहरु मदनकृष्ण श्रेष्ठ, प्रकाश सपुत, दिपक आचार्य, सरिता लामिछाने, शिल्पा मास्केनिर्देशक ऋषि लामिछाने लगायत कोरोना पोजिटिभ रिपोर्ट आएपछि घरमै आइसोलेसनमा छन् 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post