९ जेठ, काठमाडौं । एट्लेटिको मड्रिडले स्पानिस ला लिगाको
उपाधि जितेको छ । लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडमाथि शनिवार २-१ को पुनरागमन
जितसहित एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो ।
एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजन
बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल गरे । सुआरेजले ६७औं मिनेटमा गोल
गर्दै एटलेटिकोलाई २-१ को जित दिलाए ।
त्यसअई ओस्कार प्लानोले १८औं मिनेटमा गोल गर्दै
घरेलु टोली भाल्लाडोलिडलाई अग्रता दिलाएपनि ५७औं मिनेटमा एन्जल कोरेअले
एट्लेटिकोका लागि बराबरी गोल फर्काएका थिए ।
अर्को खेलमा दोस्रो स्थानको रियल मड्रिडले
भियारियल विरुद्ध २-१ कै पुनरागमन जित हात पारेपनि उपाधि रक्षा गर्न सकेन ।
एट्लेटिकोले बराबरीमा रोकिएको भए र रियल विजयी भएको अवस्थामा रियल हेड टु हेडमा
विजेता बन्ने थियो । तर दुवै टोलीले एक गोलले पछि परेपनि त्यसलाई उल्टाएर जित हात
पार्यो ।
एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्दा रियलले ८४
अंक जोड्यो । एट्लेटिकोले ११औं पटक ला लिगा उपाधि जितेको हो । रियलले भने २००९-१०
पछि यस सिजन कुनै पनि ट्रफी जित सकेन ।
यसअघि नै उपाधि हवडबाट बाहिरिएको बार्सिलोनाले
अन्तिम खेलमा आइबरलाई १-० ले पराजित गर्दै तेस्रो स्थानमा लिग सकाएको छ ।
Post a Comment